८ मंसिर २०८१, शनिबार
अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो। फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।
आमा बिरामी भएपछि विपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायाङ्कन बीचमै छाडेर काठमाडौँ आएका थिए ।