८ मंसिर २०८१, शनिबार
धनकुटा निवासी वन्दना नेपालले निरन्तर सबैभन्दा लामो समयसम्म नाचेर विश्व रेकर्ड कायम गरेकी छन् । गिनिज बुकमा नाम लेखाउनका लागि उनले लगातार १ सय २६ घण्टा नाचेर वर्लड रेर्कड कायम गरेकी हुन् ।
गिनिज बुकमा नाम लेखाउने उद्देश्यले उनी मंसिर ७ गते बिहान ९ बजेदेखि काठमाडौँको बत्तिसपुतलीस्थित बिग फुडल्याण्डमा निरन्तर नृत्य गरिरहेकी थिइन् ।
गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ । भारतको रेकर्ड तोडेर बन्धनाले विश्वसामु नेपाल चिनाउने विश्वास लिएकी थिइन् ।
चिकित्शकका अनुसार लगातार ४८ घण्टा अनिदो बस्नेलाई हृदयघात भई मृत्यु समेत हुने जोखिम हुन्छ । तर, बन्धनाले लगातार १ सय १६ घण्टा बढी नाचेर नेपालको नाम राखेकी हुन् । रेकर्ड पश्चात उनलाई सम्मान गरिएको थियो जसमा माधव नेपाल पनि थिए ।