होलीको दिन लैनचौरमा गुञ्जिँदै कुमा सागर

होमल्याण्ड खबर

२०८१ फाल्गुन २६ गते, सोमबार १६:४१ मा प्रकाशित

फागु पूर्णिमा अर्थात् होलीको अवसरमा यही फागुन २९ गते लैनचौरस्थित द मल्ल होटलमा कुमा सागरको कन्सर्ट हुने भएको छ।

कुमा सागर एन्ड द ख्वप ब्यान्डको प्रस्तुति हुने उक्त कार्यक्रममा कुमा सागरसहित अन्य कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार फिन्जोक, आई क्यान्डी, दिक्षु, लिमेली, विवश र रोहीललगायत कलाकारको पनि प्रस्तुति रहनेछ।

गोर्खा ब्रुअरी मुख्य प्रायोजक रहेको कार्यक्रममा रूस्लान र रेडबुललगायतको पनि साथ रहेको छ। मल्ल होटलको बगैंचामा हुने कार्यक्रमका लागि इसेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ।