२१ फाल्गुन २०८२, बिहीबार
चर्चित भारतीय अभिनेता प्रदीप रावत काठमाडौँ आएका छन् । उनी मङ्गलवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।
आफू अभिनीत फिल्म ‘आबाट आमा’ प्रचारका लागि नेपाल आएका उनी केही दिन नेपालमै बस्नेछन् । आमिर खानको फिल्म ‘गजिनी’ मा खलनायकको भूमिका निर्वाह गरेर विश्व चर्चित बनेका उनी अभिनीत ‘आबाट आमा’ दोस्रो नेपाली फिल्म हो ।


यसअघि उनले फिल्म ‘ह्रस्व दीर्घ’ अभिनय गरेका थिए उनी आज बुधबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदैछन् । चन्द्र पन्तको निर्देशन रहेको फिल्म चाहिँ १६ माघदेखि देशव्यापी प्रदर्शन तयारीमा छ ।