निर्वाचन आयोग र टिकटकबीच सहकार्य गर्ने सम्झौता

होमल्याण्ड खबर

२०८२ माघ २२ गते, बुधबार १६:४५ मा प्रकाशित

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच सहकार्यको सम्झौता भएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारी पत्रमा हस्ताक्षार गरे ।

टिकटकले नेपालमा पवित्र सोचका साथ निःशुल्क निर्वाचन सफल बनाउने कामहरू गर्न लाग्नु आफैंमा महत्त्वपूर्ण कुरा भएको कार्यबाहक आयुक्त रामप्रसाद भण्डारीले बताए । ‘विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनसँग छ । अब नेपालको निर्वाचनलाई टिकटकमार्फत हामी यसरी सहयोग गर्छौं भनेर जुन प्रतिबद्धता जनाउनु भयो, यो धेरै महत्त्वपूर्ण छ,’ उनले भने ।