२२ श्रावण २०८३, शुक्रबार
आयंका फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘मास्टर्नी’ आगामी भदौ ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले बिहीबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागी आमाले के गर्न सक्छिन् भन्ने देखाउन खोजेको छ ।
फ्यामेली ड्रमा जनरामा निर्मित चलचित्रको ट्रेलरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दिपकराज गिरी, दिपाश्री निरौला, सन्दिप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका कलाकार देखिएका छन् ।

