‘जोगिन्दर’ले ल्याए गाईजात्रे झटारो ‘बालेन सरकार’

होमल्याण्ड खबर

२०८३ श्रावण २६ गते, मंगलवार ११:०७ मा प्रकाशित

हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् । विसं. २०८३को हास्य र व्यंग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै उनले समसामायिक विषयदेखि राजनीति र नेतासम्मलाई व्यंग्य गर्दै गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका हुन् ।

‘बालेन सरकार’मा उनले सरकारलाई खबरदारी गरेका छन् । उनले गत फागुन २१ को निर्वाचलाई कटाक्ष समेत गरेका । समग्र नेपाली प्रवृत्तिलाई समेत व्यंग्य गरेका छन् ।

२३ वर्षदेखि नियमित व्यंग्य सार्वजनिक गर्दै आएका उनले दर्शक तथा स्रोतालाई हास्यव्यंग्यको माध्यमबाट मनोरञ्जन दिन र चेतना प्रवाह गर्ने उद्देश्यले ल्याएको बताए ।