१६ कार्तिक २०८३, आईतवार
आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाउन लागिएको हो ।


सूचनाअनुसार वर्ग १ अर्थात् कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
वर्ग ३ अर्थात् बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।
वर्ग ४ अर्थात् मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ ।