सुनको मूल्यमा भारि गिरावट

होमल्याण्ड खबर

२०८३ कार्तिक १६ गते, आईतवार १२:५१ मा प्रकाशित

स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १७५ रुपैयाँले घटेको हो ।

महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ र चाँदी ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको हो ।