सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८३ कार्तिक २८ गते, शुक्रबार १४:१७ मा प्रकाशित

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो । दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन योगदान गरे ।