३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन् ।
पहिलो चरणमा कांग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा निधिले देउवालाई सघाउने भएका हुन् ।


निधिका निवास पुगेका देउवासँगको छलफलपछि निधिले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको निधिको सचिवालयले जनाएको छ ।
यसअघि कांग्रेसका नेता प्रकाशमान सिंहले पनि सभापतिमा देउवालाई सघाउने बताइसकेका छन् ।
यससँगै काठमाडौंको प्रदर्शनी मार्गमा देउवा को समर्थनमा कार्यकर्ताले नारा लगाइरहेका छन् । उनीहरूमा खुसीयाली छाएको छ।