विमलेन्द्र निधिले देउवालाई सघाउने

होमल्याण्ड खबर

२०७८ मंसिर २८ गते, मंगलवार १२:२३ मा प्रकाशित

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन् ।

पहिलो चरणमा कांग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा  निधिले देउवालाई सघाउने भएका हुन् ।

निधिका निवास पुगेका देउवासँगको छलफलपछि निधिले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको निधिको सचिवालयले जनाएको छ ।

यसअघि कांग्रेसका नेता प्रकाशमान सिंहले पनि सभापतिमा देउवालाई सघाउने बताइसकेका छन् ।

यससँगै काठमाडौंको प्रदर्शनी मार्गमा देउवा को समर्थनमा कार्यकर्ताले नारा लगाइरहेका छन् । उनीहरूमा खुसीयाली छाएको छ।