३० फाल्गुन २०८२, शनिबार
दोस्रो चरणको मतदान हुनुअघि थापाले अपील जारी गर्दै डा. कोइरालालाई मत दिन आग्रह गरेका छन्। थापाले भनेका छन्, “आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू, आज इतिहासले हामीसँग असाधारण निर्णय लिन आह्वान गरिरहेको छ। इतिहासको त्यो आह्वान र अन्तर्मनको आवाज सुनेर पार्टी रूपान्तरणको पक्षमा उभिन र डा.शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुनः हार्दिक अपील गर्दछु।”
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि दोस्रो चरणको चुनाव हुँदै छ। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा हुँदै छ। यसका लागि साढे ३ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ।


त्यसअघि थापाले जारी गरेको अपीलमा डा. कोइरालाका लागि मत मागेका छन्। थापाले भनेका छन्, “हामीसँग धेरै अलमल गर्ने समय छैन। तत्काल हामीले निर्णय लिनुपर्नेछ,” थापाले भनेका छन्, “आफ्नो अन्तर्मनको आवाज सुनेर निर्णय गर्ने वेला आएको छ।”
