३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको सभापति पदका उमेदवार शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेका छन् । आज काठमाडौंको प्रदर्शनी मार्गस्थित महाधिवेशनस्थल पुगेर उनले प्रतिनिधिहरूसँग मत मागेका हुन्।
महाधिवेशन प्रतिनिधिहरूसित मत मागेर डा.कोइराला मतदान केन्द्रको निरीक्षणका लागि राष्ट्रिय सभागृहभित्र गएका छन् । पहिलो चरणमा सभापतिका कुनै पनि उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।


पहिलो चरणमा धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुँदै छ ।