कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु

होमल्याण्ड खबर

२०७८ मंसिर २८ गते, मंगलवार १६:१६ मा प्रकाशित

कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको छ। सोमबार भएको मतदानमा प्रतिस्पर्धामध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो। सभापतिका पत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समथर्न गरिसकेका छन्। अब शेखर कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुन लागेको हो।

सोमबार बिहान घोषित मत परिणामअनुसार देउवाले सबैभन्दा बढी २२५८ मत ल्याएका छन्। उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेको हो। निर्वाचनमा कुल ४६७९ मत खसेको थियो।

अर्का प्रतिस्पर्धा शेखर कोइरालाले १७२९ मत पाएका छन्। यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए। यी तीनैजनाको मत जोड्दा ६४३ मत हुन्छ। जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब ६ सय मत चाहिन्छ। अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ।