३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई शुभकामना दिँदै एकताबद्ध कांग्रेस निर्माणमा ध्यान पुर्याउन आग्रह गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानमार्फत जारी संविधान खतरामुक्त नभएको र नेपाललाई अस्थिरता र अद्योगतितिर धकेल्ने प्रपञ्च जारी रहेको बताएका छन् ।


उनले यी दुवै संकटबाट देशलाई पार लगाउन कांग्रेस एकताबद्ध र सुदृढ हुनु पर्ने बताए ।
