माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री विजयी

होमल्याण्ड खबर

२०७८ पुष ६ गते, मंगलवार ०८:२२ मा प्रकाशित

नेकपा माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम प्रयासलाई पराजित गर्दै सरल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याए भने गौतमले ८६ मतमात्रै पाए ।

यस्तै तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ छिन्ताङ निर्वाचित भएका छन् ।तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।