संसद बैठक अवरोधका बीच दुई अध्यादेश स्वीकृत

होमल्याण्ड खबर

२०७८ पुष ६ गते, मंगलवार १४:४९ मा प्रकाशित

संसद वैठक अवरोधका बीच दुई अध्यादेश स्वीकृत भएको छ। ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८’ र ’फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ स्वीकृत भएको हो ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले अवरोध जनाएका थिए। अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले दुईवटा अध्यादेश पारित भएको घोषणा  गरेका थिए।

अब अर्को बैठक बुधबार १ बजेका लागि डाकिएको छ।