यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

होमल्याण्ड खबर

२०७८ पुष ९ गते, शुक्रबार १४:२९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकले क्रिश्चियन धर्मालम्वीहरुको चाड क्रिसमको अवसरमा शनिबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक विदा दिइने बताए ।

यस्तै बैठकले राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका ७ निर्णयः

१) औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने

२) विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने

३) क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक विदा दिने

४) संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने

५) राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने

६) जिल्ला सभा रुपनदेहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृती दिने

७) हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृती दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुनरावलोकन गर्ने