माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

होमल्याण्ड खबर

२०७८ पुष ११ गते, आईतवार १०:२३ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो उद्घाटन हुन लागेको हो ।

सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्ण गरिसकेको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।
सम्मेलनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू काडमाडौं आइसकेका छन् ।