३० फाल्गुन २०८२, शनिबार
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि आज समूहगत छलफल जारी रहेको छ । आइतबार शुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्ड र गुरुङले पेस गरेको प्रतिवेदनमाथि आज मंगलबार समूहगत छलफल शुरु भएको हो ।
समूहमा अध्यक्ष प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनबाट छलफल थालिएको छ ।


पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको छ ।