३० फाल्गुन २०८२, शनिबार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बीच एकीकरण भएको छ ।
माधव नेपाल नेतृत्वको नेकपा (एस)सँग माओवादीबाट अलग्गिएका देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) बीच मंगलबार एकीकरण भएको हो ।


तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले नेकपा जनवादीको एकीकरणले पार्टीलाई बलियो बनाउने बताए । उनले विचार ठिक भएमा सफलता हासिल हुने भन्दै अहिले पनि आफुहरु सहि बिचार लिएर अगाडी बढेको बताए ।