माओवादी महाधिवेशन : बन्दसत्रमै विवाद, गिरिराजमणिलाई अपराधी भनिएपछि हंगामा

होमल्याण्ड खबर

२०७८ पुष १५ गते, बिहीबार १५:४७ मा प्रकाशित

माओवादीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत चलिरहेको बन्दसत्रमा विवाद उत्पन्न भएको छ । प्रदेश दुईमा नेता गिरिराजमणि पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उनी लगायतमाथि कारबाहीको माग भएपछि विवाद उत्पन्न भएको हो ।

बुधबार कमलादीस्थित बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा प्रदेश २ का टोली नेता रहेका सत्यनारायण भगतले गिरिराजमणि पोखरेल लगायतमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि विवाद भएको हो ।

भगतले प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिने क्रममा आक्रोशित हुँदै गिरिराजमणिलाई अपराधीको संज्ञा दिएका थिए। ​

बन्दसत्र सञ्चालन अध्यक्षमण्डलका सदस्य समेत रहेका पोखरेल नै बन्दसत्रमा अनुपस्थित रहेपछि सम्मेलनस्थलमा हंगामा नै भएको प्रतिनिधिहरुले बताएका छन ।

उक्त विषयलाई समाधान गर्न अहिले कमलादीमै माओवादी केन्द्रको आपतकालीन स्थायी समिति बैठक सुरु भएको छ।