एमसीसीविरुद्ध नेमोकिपाको बानेश्वरमा प्रदर्शन

होमल्याण्ड खबर

२०७८ पुष १६ गते, शुक्रबार १५:१७ मा प्रकाशित

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।

पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।  कोटेश्वरबाट आएकाहरु सिभिल अस्पताल अगाडि, माइतीघरबाट आएकाहरु एभरेस्ट होटल अगाडी र पुरानो बानेश्‍वरबाट आएका प्रदर्शनकारीले पानी ट्‍यांकी अगाडि  एमसीसीविरुद्ब नाराबाजी गरिरहेका छन् ।