एमसिसीविरुद्ध २२ राजनीतिक दल तथा संघ संगठनको प्रदर्शन

होमल्याण्ड खबर

२०७८ पुष १८ गते, आईतवार १३:४३ मा प्रकाशित

नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ रा नीतिक दल तथा संघ संगठनहरुले आज आइतबार राजधानीमा एमसिसीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएकाृे भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

२२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेल संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताए ।

नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने योजना सफल हुन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरूमाथि दबाव दिने काम निरन्तर जारी राखेको साना दलले बताएका छन् ।

साना वामपन्थी दलले उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी समेत गरेका थिए । यी साना दलले एमसीसीको विरोधमा निरन्तर आन्दोलन गर्दै आएका छन् ।