प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

होमल्याण्ड खबर

२०७८ पुष २२ गते, बिहीबार १६:०१ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। यहि जनवरी १० देखि १२ सम्म भारतको गुजरातमा आयोजना गरिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएको हो।

ओमिक्रोन भेरियन्टका कारण समिट स्थगित भएपछि उक्त समिटमा भाग लिन पुस २५ गते भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवाको कार्यक्रम पनि स्थगित भएको हो।

प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको नभएको आधिकारिक जानकारी नआएपनि जुन कार्यक्रमका लागि उनी भारत भ्रमणमा जान लागेका थिए, त्यही कार्यक्रम स्थगित भएपछि स्वभाविक रुपमा भ्रमण पनि स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा छलफल भइरहेको भारतीय दूतावासले जनाएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि दुई देशका प्रधानमन्त्रीबीच भर्चुअल संवाद हुने तयारी भइरहेको बताइएको छ ।