सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा

होमल्याण्ड खबर

२०७८ पुष २३ गते, शुक्रबार ११:५९ मा प्रकाशित

बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका छन्। गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा बसेको हो । बिहीबार पनि उक्त समितिको बैठक बसेको थियो। समन्वय समितिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक छन्। दलहरूबीच दुई महिनाको अन्तरमा संयोजक परिवर्तन गर्ने सहमति छ ।

पौडेलले बिहीबार बैठकमा विभिन्न १५ बुँदे प्रस्ताव छलफलका लागि पेश गरेका थिए। ती प्रस्तावबारे आज छलफल गरिएको हो । संसद निरन्तर चल्नुपर्ने, राष्ट्रिय सभा निर्वाचन, एमसिसीलगायत विभिन्न विषयमा गठबन्धनले छलफल गरेको छ ।

छलफलमा गठबन्धनका ५ दलबाट ११ जना सदस्य छन्। छलफलमा गठबन्धनमा रहेका ५ दलका शीर्ष नेताहरू सहभागी छन् ।