३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेले प्रदेश अधिवेशन सारेको छ । कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु भएको भन्दै एमालेले माघको अन्तिम साताका लागि माघको अन्तिम साताका लागि सारेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताएका छन् ।


कोरोनाको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको छ,’ अधिकारीले भने, ‘पार्टी केन्द्रले यस विषयमा निर्देशन जारी गरिसकेको छ ।’ अधिवेशन सार्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसकेको कारण समेत रहेको अधिकारीले बताएका छन् ।