प्रधानमन्त्रीले बोलाए निर्वाचन आयोगका पदाधिकारीलाई, चुनावको मिति तोक्न परामर्श गर्ने

होमल्याण्ड खबर

२०७८ माघ १८ गते, मंगलवार १५:१० मा प्रकाशित

स्थानीय तहको निर्वाचनको मितिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । स्थानीय तहका पदाधिकारीहरुको म्याद जेठ ५ गते सकिँदैछ ।

आयोग ले जेष्ठ ५ अघि नै निर्वाचन गर्दा ऐन संशोधन गर्नु नपर्ने बताउँदै आएको छ । आयोगले यसअघि वैशाख १४ र २२ मा निर्वाचन गर्न प्रस्ताव गरेको थियो । ऐन संशोधनपछि मात्रै निर्वाचन गर्ने भन्दै सत्तारुढ गठबन्धनले जेठ मसान्तभित्र चुनाव गर्ने निर्णय गरेको थियो ।