जेठ ४ मै स्थानीय तहको निर्वाचन गर्ने तयारी

होमल्याण्ड खबर

२०७८ माघ १८ गते, मंगलवार १६:२३ मा प्रकाशित

सरकारले आगामी जेठ ४ गते नै स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको अवधि जेठ ५ गते समाप्त हुने भएकाले जेठ ४ गते स्थानीय निर्वाचन गर्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।

स्थानीय तहको चुनाव जेठ ४ गते एकै चरणमा गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।