१ चैत्र २०८२, आईतवार
प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार मन्त्री परिषद्को बैठक बोलाएका छन् । उनले दिउँसो ३ बजे बस्ने गरी बालुवाटारमा बैठक बोलाएका हुन् । आजको बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्री परिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।
यसअघिको सत्ता गठबन्धन बैठकले निर्वाचन आयोगको सिफारिस मितिमा निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।

