१ चैत्र २०८२, आईतवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष नेपाल माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेको थिए। दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ।


एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र विवाद सिर्जना भइरहेको अवस्थामा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा चाडै एमसीसी पास हुनुपर्ने पक्षमा छन् भने माओवादी र एकीकृत समाजवादी एमसीसी निर्वाचनपछि पास हुनुपर्ने अडानमा छन् ।
आगामी फेब्रुअरी २८ सम्म एमसीसी पास गर्ने समय अमेरिकाले दिएकाले पनि नेपालमा राजनीतिक दलहरूबीच छलफल जारी रहेको छ।