१ चैत्र २०८२, आईतवार
सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको एक सांसदले बताए ।
बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए ।

