प्रतिनिधि सभा बैठक सुरु, एमालेको अवरोध कायमै

होमल्याण्ड खबर

२०७८ फाल्गुन ४ गते, बुधबार १३:४० मा प्रकाशित

प्रतिनिधि सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ। बैठकको सुरुवातमै एमालेले अवरोध गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही सुरु हुन्छ भने लगत्तै एमालेका सांसदहरुले विरोध र नाराबाजी गर्न सुरु गरेका छन्।

एमालेले संसद पुनर्स्थापना भएसँगै निरन्तर संसदमा अवरोध गर्दै आएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुले कारबाही गरेको सांसदको सूचना टाँस नगरेको भन्दै एमालेले बिरोध गर्दै आएको छ।