१ चैत्र २०८२, आईतवार
एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
एमसिसी संसदमा टेबल नगर्न दबाब दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०का भ्रातृ संगठन सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहरासमेत प्रयोग गर्नु परेको थियो ।


त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो । अहिले पनि नयाँ बानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रदर्शनकारीले एमसिसी संसदमा टेबल नगर्न दबाब दिँदै सरकारविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाको समेत उपस्थितिमा विरोध प्रदर्शन भइरहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका सत्तारुढ दलले एमसिसी यथास्थितिमा पास गर्नु नहुने अडान लिएका छन ।