सत्ता गठबन्धनको बैठक बस्नु अगावै मन्त्रिपरिषद् बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ फाल्गुन ५ गते, बिहीबार ११:५५ मा प्रकाशित

सत्ता गठबन्धनमा दरार उत्पन्न भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

देउवाले गठबन्धनको बैठकअघि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बालुवाटार स्रोतका अनुसार बिहीबार दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । ‘यो नियमित बैठक हो,’ स्रोतले भन्यो ।

एमसीसी सम्झौता संसद्‌मा टेबल गर्ने विषयमै गठबन्धनभित्र विवाद भएपछि त्यसबारे छलफल गर्न गठबन्धनको बैठक बोलाइएको छ । तर, प्रधानमन्त्री देउवा भने एमसीसी संसद्‌मा टेबल गर्न अडिग छन् । सत्ता घटक नेकपा माओवादी केन्द्रले भने एमसीसीमा सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने र विपक्षमा मतदान गर्ने बताइसकेको छ ।