आज पनि संसदमा एमसीसी टेवल नगर्ने सहमतिमा सकियो सत्ता गठबन्धन बैठक

होमल्याण्ड खबर

२०७८ फाल्गुन ६ गते, शुक्रबार १२:०५ मा प्रकाशित

सत्ता गठबन्धनको बैठक भोलि फेरी बस्ने गरी सकिएको छ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाए ।