१ चैत्र २०८२, आईतवार
सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केही वेर अगाडीबाट शरु भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी संसदमा अनुमोदनका लागि टेबल गरेर जाने विषयमा छलफलका लागि सत्ता गठबन्धन दलको बैठक शुरु भएको हो ।
प्रधानमन्त्रीले एमसीसी संसदमा लगेर अनुमोदन गराउन चाहेपनि सत्ता गठबन्धन दलका वीचमै सहमति नजुटदा अल्झिरहेको थियो । अढाई वर्ष अगाडी तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सम्झौता सदनमा अनुमोदनका लागि लैजान संसदको विधयक शाखामा दर्ता गराएका थिए । तर दलहरुका वीचमा समझदारी जुटन नसक्दा अल्झिरहेको थियो ।


प्रधानमन्त्री देउवा पछिल्लो पटक फागुन १६ भित्रै सदनबाट एमसीसी अनुमोदन गरेर जाने पक्षमा जुटिरहेका छन् । त्यही क्रममा उनले फागुन ४, फागुन ६ को संसद बैठकमै एमसीसी टेवल गर्न कसरथ गरेका थिए । तर सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तयार नहुँदा अल्झिरहेको थियो । आजको सत्ता गठबन्धन दलको बैठकमा सहमति नजुटेपनि प्रधानमन्त्री संसदमा टेवल गरेर जाने तयारीमा छन् ।
तर ६ फागुनको बैठकमा नेकपा एसले आज सम्मको समय माग गरेकोले सत्ता गठबन्धनको बैठक आज फेरि बसेको हो । नेकपा एसले संसदमा टेबल गर्न सहमति दिने निर्णय हिजोको स्थायी समिति बैठकबाट गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल नेपाल निवासमा भेटघाट गरेर बालुवाटार पुगेका थिए । अव आजको बैठकमा संसदमा जान सहमति दिने तयारीमा सत्ता गठबन्धन दलका अन्य घटक पनि पुगेको बताईएको छ ।
सहमति जुटेमा दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी टेबल हुनेछ ।