१ चैत्र २०८२, आईतवार
सत्ता गठबन्धनको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेको छ । केहीबेरमै बस्ने प्रतिनिधिसभाको परामर्श समितिको बैठक बसेर संसदको कार्यसुचीमा राखिने र आजै बस्ने बैठकबाट टेबुल गरिने सरकारका प्रवक्त ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।
एमसीसीको टेबुल भने अर्थमन्त्री जनार्दन शर्माले गर्ने छैनन् । अर्थमन्त्री जनार्दन शर्मा अस्वस्थ भएका कारण उनी संसदमा नआउने स्रोतले जनाएको छ । अर्थमनत्रीको साटो अर्का कुनै मन्त्रीले एमसीसी टेबुल गर्ने बताइएको छ ।


सत्ता गठबन्धनमै एमसीसी पास गर्ने या नगर्ने बिषयमा मत नमिल्दा एमसीसी टेबुल समेत हुन सकेको थिएन ।
आजको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबुल गर्नसम्म दिनका लागि माओवादी केन्द्र र समाजवादी पार्टी तयार भएपछि प्रकिया अघि बढेको हो ।