कार्यव्यवस्था परामर्श समितिको निर्णय : संसदमा एमसीसी पेस गर्ने

होमल्याण्ड खबर

२०७८ फाल्गुन ८ गते, आईतवार १३:५४ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो ।

यद्यपी, यो निर्णयप्रति माओवादी केन्द्रले फरक मत राखेको छ । केन्द्रका तर्फबाट माओवादी प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ति र रेखा शर्माले राष्ट्रिय सहमति कायम नभई टेबलसमेत हुन नहुने भन्दै असहमति राखेका हुन् । उनीहरुको लिखित असहमतिजनाएक छन्।