प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै विपक्षी दल नेकपा एमालेले विरोध प्रदर्शन गरिरहेको छ । लामो छलफल र बहसपछि नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता संसदको कार्यसूचीमा परेको हो ।