यस्तो छ संसदमा टेबल भएको एमसीसीको ‘पूर्णपाठ’

होमल्याण्ड खबर

२०७८ फाल्गुन ८ गते, आईतवार १६:३७ मा प्रकाशित

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सङ्घीय संसदको तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ ।

वि।सं २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको एमसीसी सम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा टेबल भएको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीबीच भएको अनुदान सहायता सम्झौता’ प्रस्तुत गरेका थिए ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसिसी संसद्मा अनुमोदनका लागि टेबल गर्ने सहमति बनेको थियो ।