स्थानीय निर्वाचनका लागि १० दल आयोगमा दर्ता

होमल्याण्ड खबर

२०७८ फाल्गुन ९ गते, सोमबार ११:२० मा प्रकाशित

स्थानीय तहको निर्वाचनका लागि १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगमा दर्ता भएका जम्मा १०९ वटा दलमध्ये १० वटा दल मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् । आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको थियो ।

राजनीतिक दलहरु निर्वाचन प्रयोजनका लागि दर्ताका लागि आउने क्रम जारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

दल दर्ता हुनेमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी, मौलिक ज्वरो किलो पार्टी रहेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार राष्ट्रिय पार्टी ६ बाहेक अरू दलले आफूले प्रयोग गर्दै आएको चुनाव चिह्न रोज्न पाउने छैनन् ।

राष्ट्रिय पार्टी नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टीले ९लोसपा०ले मात्रै पहिलेदेखि नै प्रयोग गर्दै आएको चुनाव चिह्न पाउनेछन् ।

अन्य पार्टीले निर्वाचन आयोगले दिएको नयाँ चुनाव चिह्नबाट चुनावमा लड्नुपर्ने छ