१ चैत्र २०८२, आईतवार
प्रदेश १ ले नामाकरणका बारेमा छिनोफानो गराउन सर्वदलीय बैठक बोलाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न १२ बजे बोलाइएको बैठकमा पाँच दलीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सहभागी हुने बताइएको छ । मुलुकका अन्य ६ प्रदेशको नामाकारण सम्पन्न भइसकेपछि यस प्रदेशको पनि नाम टुंगो लगाउन सो बैठक बोलाइएको हो ।
लिम्बुवान, सगरमाथा, कोशीलगायतका नाम सांसदले औपचारिक वा अनौपचारिक रुपमा प्रस्तुत गरे पनि राजनीतिक दलबीच सहमति हुन नसकेको बेला सर्वदलीय बैठकमार्फत नाम टुंगोमा पुर्याउन लागिएको स्वास्थ्यमन्त्री जयराम यादवले बताए ।


प्रदेशसभा गठन भएको चार वर्ष वितिसक्दा पनि पहिचानका आधारमा कि भूगोल वा अन्य विषयलाई सम्बोधन गरेर प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा प्रदेश १ को नामाकरण हुन सकेको थिएन।
नेकपा एमालेका सांसद शेरधन राई नेतृत्वको सरकारले पटक९पटक नामाकरणका बारेमा छलफल गरे पनि निष्कर्ष दिन नसकेको विषयलाई सोही पार्टीबाट विभाजित भएको नेकपा ९एकीकृत समाजवादी० का सांसद राजेन्द्र राई नेतृत्वको सरकारले सर्वदलीय बैठकबाट सहमति गरेर नामाकरणको निष्कर्ष निकाल्ने प्रयास गरेको हो।