अधिवक्ता भण्डारीले एमसीसीविरुद्ध दायर गरेको रिट दरपीठ

होमल्याण्ड खबर

२०७८ फाल्गुन १० गते, मंगलवार १४:४३ मा प्रकाशित

 अधिवक्ता सुरेन्द्र भण्डारी अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

अधिवक्ता भण्डारीले मंगलबार दायर गरेको रिट हेर्न नमिल्ने भन्दै सर्वाेच्चले दरपीठ गरिदिएको छ । अधिवक्ता भण्डारीले एमसिसीभित्रका कतिपय प्रावधान नेपालको संविधान र सार्वभौमिकताविरूद्ध भएकाले एमसीसीलाई अघि बढाउन नमिल्ने भन्दै मुद्धा दायर गरेका थिए ।

संसद्भित्र प्रवेश गरेको सम्झौताबारे सर्वाेच्चले बोल्ने नमिल्ने र क्षेत्राधिकारभित्र नपर्ने भन्दै भण्डारीले दायर गरेको रिट अस्वीकार गरेको छ । सर्वाेच्चमा दायर गरेको मुद्धा दरपीठ भएपछि त्यसविरुद्ध भण्डारी पुनः निवेदन लिएर सर्वोच्च जाने तयारीमा छन् ।