१ चैत्र २०८२, आईतवार
प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमाथि छलफल हुने कार्यसूची भए पनि सहमतिका लागि भन्दै भोलिसम्मका लागि बैठक स्थगित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक भोलि १ बजे बस्ने तय भएको छ।
सत्तारुढ र प्रतिपक्ष दलहरुसँग सहमतिको प्रयास भइरहेको भन्दै सरकार पक्षले नै कार्यव्यवस्था समितिमा आजको बैठक रोक्न प्रस्ताव राखेको थियो। प्रधानमन्त्री शेरबहादुरको देउवाको आग्रहमा आजको बैठक स्थगित भएको हो।


फागुन ८ गते प्रतिनिधि सभामा एमसीसी टेबल भएको थियो। आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका थिए। उक्त भेटमा प्रचण्डले केही समय देउवालाई धैर्य गर्न आग्रह गरेको बताइएको छ।