देउवा र ओलीबीच साँझ सात बजे फेरि बैठक बस्ने

होमल्याण्ड खबर

२०७८ फाल्गुन १२ गते, बिहीबार १६:५४ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीबीचको बैठक साँझ ७ बजे बस्नेगरी नेताहरु बैठक स्थलबाट बाहिरिएका छन् ।

बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि साँझ फेरि कुराकानी गर्ने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले बताए । छलफलमा कांग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् । भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी रहेका थिए ।