बानेश्वरमा प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्यास प्रहार

होमल्याण्ड खबर

२०७८ फाल्गुन १५ गते, आईतवार १४:५४ मा प्रकाशित

 मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी) विरुद्धमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ।

आज बानेश्वरमा एमसिसीविरूद्धको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीले बनाएको सुरूक्षाको घेरालाई तोडेपछि प्रहरीले प्रदर्शनकारीलाई पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको हो ।

आज बसेको सत्तारूढ गठबन्धनको बैठकले एमसिसीमा व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ। बैठकले आजै बस्ने प्रतिनिधि सभाको बैठकबाट एमसिसी पारित गर्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै नयाँ बानेश्वरस्थित संसद भवन अगाडी बिभिन्न राजनीतिक दल र भातृसंगठनहरुले एमसीसीको विरोधमा थप प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण बानेश्वर,माइतीघर लगायतका क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनलाई लक्षित गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।