एमसीसी सम्झौता संसदबाट बहुमतले पारित

होमल्याण्ड खबर

२०७८ फाल्गुन १५ गते, आईतवार २१:०५ मा प्रकाशित

प्रतिनिधि सभाबाट नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम च्यालेन्ज कम्प्याक्ट-एमसीसी) अनुमोदन भएको छ।                                      प्रतिनिधि सभाको आइतबारको बैठकले सम्झौता पारित गरेको हो। अर्थमन्त्रीले सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गरेका थिए।