एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको छैन: अध्यक्ष ओलि

होमल्याण्ड खबर

२०७८ फाल्गुन १७ गते, मंगलवार १४:१५ मा प्रकाशित

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह नभएको बताएका छन् । मंगलबार तिनकुनेस्थित रोयल बैङ्क्वेटमा पत्रकार सम्मेलन जारी गर्दै ओलीले उक्त अभिब्यक्ति दिएका हुन् । उनले राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमान धक्का लाग्ने कुनै सहयोग स्वीकार नगर्ने बताउँदै यस्ता सम्झौता गर्ने बेलामा हेर्नुपर्ने बताएका हुन् ।

उनले भने, गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’ एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्‍बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण सुरुदेखि रहेको पनि स्पष्ट पारे ।

आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेर अध्यक्ष अ‍ोलीले प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री भएको बेला अमेरिका गएर एमसीसी आईपीएसको अंग भनेर हस्ताक्षर गरेको भन्ने हल्ला फैलाएको प्रति आपत्ति जनाए ।